प्रदेश सभामा समानुपातिक तर्फको सिट बाँडफाँट सार्वजनिक

काठमाडौं, पुष ७ - निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको परिणाम अनुसार प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले ११ सिट, राजपाले १०, सघीय समाजवादी फोरमले ९, एमालेले ७ र माओवादीले ५ सिट पाएका छन् भने नेपाल सघीय समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन्। प्रदेश नम्बर ३ मा एमालेले १६ सिट पाएको छ भने कांग्रेसले १४ र माओवादीले ८ सिट प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ३ सिट र नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले एक एक सिट प्राप्त गरेका छन्।

प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक एक सिट पाएका छन्। प्रदेश नम्बर ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, सघीय समाजवादी फोरमले २, राजपाले १ र राजमोले १ सिट पाएका छन्। प्रदेश ६ मा एमालेले ६, कांग्रेसको ५, माओवादीको ४ सिट छ भने राप्रपाको १ सिट छ। प्रदेश नम्बर ७ मा एमालेको ८, कांग्रेसको ८ र माओवादीको ४ सिट र राजपाको एक सिट छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000