मतदाताको घरदैलोमा काँग्रेस केन्द्रीय सदस्य जोशी


पर्वत, पुस ५–लोकतन्त्रमा चुनाव अपरिहार्य हो, नेपालमा हरेक पाँच बर्षमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनाव हुन्छ । कतिपय नेताहरु चुनाव जितेपछि गाउँ नै जाँदैनन् । त्यसमा पनि पराजित भएकाहरुलाई त जनताले देख्नै पाउदैनन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी भने चुनाव हारेपनि जनताप्रति थप जिम्मेबारी बोधका साथ मतदाताको घरदैलोमा पुगेर धन्यबाद दिइरहेका छन् ।
‘निर्वाचनमा हार जित स्वभाविक हो, चुनावमा सधै जितिन्छ भन्ने पनि हुँदैन, चुनाव पाँच बर्षपछि फेरी पनि आउछ’ जोशीले भने–‘अझै जिम्मेबारीबोधका साथ गाउँमा पुगेर मतदाता तथा शुभेच्छुकलाई धन्यबाद दिन हिँडेको छु ।’ पर्वतमा तीन पटक चुनाव जितेर हरेक गाउँमा सडक सञ्चाल पु¥याउन, बिद्युतिकरण, सिंचाई, स्वास्थ्य, शैक्षिक संस्थामा पूर्वाधार पु¥याउन सफल भएका जोशीले यसपटक चुनाव हारेपनि बर्षमा १० महिना आफु गाउँमै रहने बताए । जोशीले नेपाली काँग्रेसका कार्यकर्ता र शुभेच्छुकलाई एकपटक चुनाव हार्दैमा नआत्तिन आग्रह गर्दै सुरक्षा र संरक्षणका लागि होस वा कुनै दुःख पर्दा होस् आफु सधै साथमा रहेको बताए । कुश्मा नगरपालिका १२ स्थित ठुलीपोखरीको अर्जिकोटका मतदातालाई धन्यबाद तथा छलफल गरिसकेका जोशीले जलजलाको धाइरिङ, शालिजा, लेखफाँट, बासखर्क, मल्लाजलगायत ठाउँका मतदातालाई भेटेर धन्यबाद दिएका छन् । जोशीले एउटा चुनाब हार्दैमा जनतासँगको विश्वास विकासप्रतिको आफ्नो संकल्प र इच्छाशक्तिमा कुनै कमी नआएको वताउँदै भोलिका दिनमा अझ बढि सक्रियताका साथ पर्वतको विकास र समृद्धिमा समर्पित हुने प्रतिवद्घता व्यक्त गरेका छन् । गाउँमा पुग्दा काँग्रेस कार्यकर्ताले विगतको विकासमा जोशीले गरेको काम भोली बन्द हुने पो होकी भन्दै सशंकित हुदै आँखाभरि आँसु निकाल्दै रोएका थिए । कार्यकर्ताहरूको निराशाप्रति नेता जोशीले कुनै हिनताबोध नगरिकन संगठन सुदृढिकरण अभियानमा लाग्न आग्रह गरे । ‘चुनाव हार्दा मलाई भन्दा बढी पीडा कार्यकर्तामा पाए, कत्तिपनि निराश नभइकन लाग्नुस्, एउटा चुनाव हार्दैमा केही भएको छैन’ जोशीले कार्यकर्ता तथा शुभेच्छुकलाई भने–‘चुनाव त पाँच बर्षपछि फेरी आइहाल्छ नी ।’ नेताजोशीसँग कार्यकर्तालाई भेट्दै नेपाली काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विकासमा जिम्मेबार भएर लाग्ने काँग्रेस नै भएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000