पैंयूँ गाउँपालिकाको हुवासमा घुम्ती शिविर हुँदै

पर्वत, असार १२–पैयूँ गाउँपालिकास्थित वडा नम्बर ४ हुवासमा यही असार १४ गते बुधबार घुम्ती शिविर सञ्चालन हुने भएको छ । पर्वतका दक्षिण भेगका बासिन्दालाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले एक दिने घुम्ती शिविर सञ्चालन हुन लागेको हो ।
शिविरमा नागरिकताको प्रमाणपत्र बितरणका साथै जिल्ला प्रशासन कार्यालयबाट हुने अन्य सिफारिसहरु, पशु स्वास्थ्य शिविर, कृषिसम्बन्धी प्राविधिक जानकारीका साथै बीउबिजन बितरण, स्वास्थ्य शिविर, बनसंरक्षणसम्बन्धी कानुनी सचेतना लगायत स्थलगत अभ्यास, जेष्ठ नागरिक परिचयपत्र, अपाङ्गता परिचयपत्र बितरण, उद्योग तथा बाणिज्य (ब्यापार) दर्ता, नविकरणसम्बन्धी कार्यक्रम र विभिन्न रोगको परिक्षणका साथै आयुर्वेदिक औषधीहरु पनि बितरण गरिन लागेको हो ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्ला प्रशासन कार्यालयको बार्षिक कार्यक्रमअनुसार जिल्ला सदरमुकामको राम्रो पहुँच नपुगेको पैयूँगाउँपालिकाको हुवासमा घुम्ती शिविर सञ्चालन गर्न लागिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी प्रबिन ढकालकाअनुसार शिविरमा पैयूँ गाउँपालिकाका साथै बिहादी र महाशिला गाउँपालिकाका सबै वडाका बासिन्दालाई लक्षित गरिएको छ । ‘घुम्ती शिविरमा जनतासँग प्रत्यक्षसम्बन्ध रहेका कार्यालयहरुले आफ्नो कार्यालयका सेवा लिएर हुवासमा जानेछन्’ ढकालले भने ।
त्यसैगरी शिविरका अवसरमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरिने भएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा घुम्ती शिविर रहेकै ठाउँमा जिल्लास्थित रहेका सरकारी तथा गैरसरकारी निकायले पु¥याएको सेवा, गुणस्तर, विकास निर्माणको अवस्थाका बिषयमा सार्वजनिक सुनुवाई गर्न लागिएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000