पैयूँको मुख्य कच्ची सडकमा बर्षामा समेत सवारी चलाउने तयारी

पर्वत, असार १२–पैयूँ गाउँपालिकाले बर्षाको समयमा समेत मुख्य सडकहरु सञ्चालन हुनेगरी मर्मत गरेको छ । पैंयूँ गाउँ पालिकाले वडा नम्बर १ टकलाक देखि वडानम्बर ७ भोर्ले सम्मको मुख्य सडक मर्मत गरी बर्षामा समेत आवतजावत गर्न सहज बनाएको हो । विगतमा बर्षा सुरु भएपछि मुख्य सडकसमेत बन्द भइरहेकोमा यसबर्ष गाउँपालिकाले मर्मत गरी सवारीसाधन जुनसुकै समयमा पनि सञ्चालन हुने ब्यवस्था मिलाएको हो ।

गाउँपालिकाले खाल्डाखुल्डी पुर्नुका साथै आकाशे पानीपरेपछि हिलाम्य हुने ठाउँहरुमा ढुंगा, गिट्टी बालुवा बिछ्याउने काम गरेको छ । बर्षामा समेत पैंयूँबासीहरुलाई सवारी साधनमै आवतजावत गर्न सहज हुने गरी मुख्य सडक मर्मत गरिएको पैंयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिए । ‘बर्षा लागेपछि सवारी बन्द हुने अवस्थालाई अन्त्य गर्दै गाउँपालिकाकै लगानीमा सडक मर्मत गरेका छौ’ तिवारीले भने–‘मुख्य सडकहरु अब बाह्रै महिना सञ्चालन हुने ब्यवस्था मिलाउने छौ ।’

गाउँपालिकाका कार्यकारी अधिकृत कल्पना खनाल बस्नेतले वडाबाट केन्द्रसम्म मुख्य सडकलाई मर्मत गरी पानी परेको समयमा समेत आवतजावतका लागि सहज बनाएको बताइन् । ‘पहिलो चरणमा मुख्य सडकहरु मर्मत गरेका छौ’ उनले भनिन्–‘केही भएमा तत्काल मर्मतको ब्यवस्था मिलाउछौ । पर्वतको दक्षिण भेगमा पर्ने पैंयूँ गाउँपालिकामा झण्डै तीन किलोमिटरनजिक स्याङ्जाको वालिङ हुँदै सडक कालोपत्रे पुगेको छ । वालिङ हुवासको यो सडक सञ्चालन भएकै कारण दलिक्ष पर्वतका बासिन्दालाई अन्यत्र जान आउन सहज भएको छ । उक्त सडकको अहिले पर्वत खण्ड मात्रै कालोपत्रे हुन सकेको छैन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000