चुनाव प्रचारमा एमालेले ग¥यो भारतीय गाडीको प्रयोग

नेपालगञ्ज, असार ११ – बाँकेस्थित राजनीतिक दलले चुनाव प्रचारमा भारतीय गाडीको अधिक प्रयोग गरेका छन् । दलका नेता–कार्यकर्ता भारतीय नम्बर प्लेटका गाडीमा झण्डा फहराउँदै प्रचारमा सक्रिय छन्। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमले गाडी प्रयोग गरेका छन् । स्रोतका अनुसार नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा मात्र दैनिक करिब सयको संख्यामा भारतीय गाडी नेपाली राजनीतिक दलका झण्डा फहराउँदै घरदैलोमा पुगिरहेका छन् । केही गाडी झण्डाबिनै प्रचारप्रसारमा प्रयोग भइरहेका छन्।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दनप्रसाद आचार्य भने निर्वाचनको समयमा दैनिक सरदर ५० को संख्यामा भारतीय गाडी नेपाल प्रवेश गर्ने गरेका बताउँछन् । यसरी नेपाल प्रवेश गर्ने गाडीले दैनिक चार सय ५२ रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । ‘अरु बेलाभन्दा अहिले भारतीय गाडीको प्रवेश चाप बढेको छ,’ उनले भने, ‘कुन प्रयोजनको लागि हो भन्ने हामीलाई थाहा हुँदैन ।’ एक महिने प्रवेशाज्ञापत्र लिन पाइने भए पनि अधिकांश गाडीले दुई–तीन दिनको मात्र लिने गरेका उनले बताए।

राजनीतिक दलले भारतीय गाडी प्रयोग गर्नुको प्रमुख कारण गाडीभाडा सस्तो हुनु हो । प्रचार अभियानमा सक्रिय एक राजनीतिक दलका नेताका अनुसार भारतीय गाडीले दैनिक एक हजार पाँच सयदेखि दुई हजार भारुसम्म भाडा लिन्छन् । नेपाली गाडीले भने दैनिक चार हजारदेखि चार हजार पाँच सय रुपैयाँसम्म लिने गरेका छन् । ‘कार्यकर्तालाई रिक्सामा बस  भन्न भएन, नेपाली गाडीको भाडा छोइसक्नु छैन,’ ती नेताले भने, ‘सस्तो मुल्यमा भनेको बेला भनेजस्तो गाडी पाइने भएपछि प्रयोग गरिरहेका छौं।’

सुरक्षा चासो

निर्वाचनजस्तो संवेदनशील समयमा भारतीय गाडीको अधिक प्रयोग भएपछि यसले चुनावी सुरक्षामा प्रश्न उब्जाएको छ। प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ विदेशी नम्बर प्लेटका गाडीको बढ्दो प्रयोग सुरक्षासँग जोडिए पनि प्रहरी–प्रशासन चनाखो रहेको बताउँछन् । उनका अनुसार चुनावलाई मध्यनजर गर्दै सोमबार बिहान ७ बजेदेखि रुपैडिया नाका बन्द गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000