आवधिक जिल्ला विकास योजनाप्रति सरोकारवालाको चर्को आक्रोश, दलहरुको असहमति

पर्वत, असार १०–साविकको जिविसले दुई बर्षअघि निर्माण गर्न दिएको आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति क्रियाशिल राजनीतिक दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले तिब्र असन्तुष्टि जनाएका छन् । उनीहरुले समन्वय पनि नभएको,  प्रतिवेदनमा महत्वपूर्ण केही नसमेटिएको र आवधिक जिल्ला विकास योजना हचुवामा निर्माण गरिएको भन्दै अन्तिम प्रतिवेदन प्रस्तुतीका क्रममा शनिबार चर्को आक्रोश ब्यक्त गरेका हुन । प्रमुख दल र सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले आवधिक जिल्ला विकास योजनाको कुनै औचित्य नभएको भन्दै आफुहरुले त्यसलाई मान्यता नदिने बताए ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सरस्वती शर्मा जिज्ञासुले हचुवा र बिना समन्वय योजना ल्याइएको भन्दै नेपाली काँग्रेसले मान्यता नदिने बताइन् । ‘आवधिक जिल्ला विकास योजनाको प्रतिवेदनप्रति हाम्रो कुनै सहमति छैन, यो हचुवा र बिना समन्वय तयार गरिएको छ’ उनले भनिन्–‘नेपाली काँग्रेसले यो योजना पारित गर्नेपक्षमा छैन ।’ नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले पार्टीको छलफल र समन्वयबिना योजना बनाइएकोमा आफ्नो गम्भिर असहमति रहेको बताए । ‘मैले यो योजनाको हस्ताक्षर गर्ने सक्दिन’ उनले भने ।

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य दिपक आचार्य र राप्रपा पर्वतका अध्यक्ष ईश्वर गिरीले आवधिक योजना निर्माणमा लापरबाही भएको बताए । ‘यस्तो योजनालाई हामी समर्थन जनाउन सक्दैनौ’ राप्रपा अध्यक्ष गिरीले भने । योजनाको बिरोध गर्दै एमाले अध्यक्ष पदम गिरी, राप्रपाका अध्यक्ष इश्वर गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य मनकुमारी पाइजा कार्यक्रम छाडेर बाहिरिएका थिए । दलसँगै अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले पनि आफुहरुलाई विभिन्न बिषयगत समितिमा राखिएपनि एउटा पनि बैठक राखेर छलफल नगरिएकोमा आपत्ति जनाएका थिए । ‘समितिमा राख्ने तर योजना निर्माणमा सहभागी नगराइएकोमा मेरो आपत्ति छ’ सामुदायिक बन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किशोर सापकोटाले भने ।

अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले पनि बिषयगत समितिमा राखेर छलफल र समन्वय नगरिएको गम्भिर असहमति जनाएका थिए । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले योजना निर्माण, दल तथा सरोकारवाला निकायलाई बुझाउने ढंग नपुग्दा बिरोधका स्वर सुनिएको बताए । ‘अहिले तयार भएको प्रतिवेदनलाई गहन रुपमा अध्ययन गर्नका लागि दलका प्रतिनिधिलाई एक÷एकप्रति दस्तावेज उपलब्ध गराउछौ, त्यसपछि पुनः छलफल गर्छौ’ भुसालले भने । पर्वतको पाँच बर्षे आवधिक जिल्ला विकास योजना नेस्ट, इकोकोड, ब्राईट फ्युचर इन्टरनेसनल काठमाडौले तयार पारेको हो ।

जिल्ला विकास समितिले योजना निर्माण गर्न २० लाख ३७ हजार रुपैयाँको सम्झौता गरेको थियो । अहिले स्थानीय तह कार्यान्वयनमा आइसकेपछि पाँच बर्षको एकमुष्ठ र जिल्लाको तत्कालिन गाउँ विकास समिति नछुट्टाइ बनाइएको यो योजना बनाउनुको कुनै अर्थ नहुने देखिएको छ । जिल्ला विकास समितिले यो योजना निर्माणका लागि संस्थासँग सम्झौताबाहेक लाखौ रुपैयाँ सकेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000