सिलवाल र चन्द दुवै तनावमा

काठमाडौँ, असार ९–नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिलेसम्म तनावमा छन्। सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन। त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन्। सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले बिदामा छन्। सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो। पछि उनको नियुक्ति नै खारेज भएको थियो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

त्यसयता उनले गृहमा हाजिर गर्दै आएका छन्। एआइजीमा बढुवा गरेर उनलाई जिम्मेवारी दिने आश्वासन दिइएको थियो। तर, हालसम्म एआइजी बढुवाको प्रक्रिया नै सुरु भएको छैन। एआइजी नहुँदा सबै विभाग निमित्तका भरमा चलेका छन्। प्रहरीमा कति एआइजी राख्ने भन्ने अन्योल छ। तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो। हाल एआइजीका दाबेदारहरू धेरै भएकाले दरबन्दी थप्न दबाब छ।

गृहमन्त्री जनार्दन शर्माले मन्त्रीमा नियुक्त भएकै भोलिपल्ट प्रहरीमा बढुवा अघि बढाइने बताएका थिए। बुधबारदेखि बढुवा त सुरु भएको छ, तर सइ तहको बढुवा अघि बढाइएको छ। बुधबार दुई सय सातजना असइलाई सइमा सिफारिस गरिएको छ। नेपाल प्रहरीमा डिआइजीको पद ६ महिनादेखि नै रिक्त छ। त्यस्तै, एसएसपी, एसपीलगायतका दर्जनौँ पद लामो समयदेखि रिक्त छन्। माथिल्लो पदहरू रिक्त भए पनि गृह र प्रहरी नेतृत्व बढुवामा चासो नदिँदा संगठनमा नैराश्यता बढ्दै गएको छ। असारभित्र बढुवाको प्रक्रिया सुरु नभए नया“ आर्थिक वर्ष सुरु भए पनि कात्तिकपछि मात्र बढुवा गर्न पाइने प्रहरी नियमावलीको प्रावधान छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000