सिंचाई उपभोक्तालाई अवलोकन भ्रमण

पर्वत, असार १–यहाँका सिंचाई उपभोक्ता तथा कृषकलाई सिंचाई विकास सव डिभिजन पर्वतले अवलोकन भ्रमण गराएको छ । कार्यालयले सिंचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाअन्र्तगत अवलोकन भ्रमण बिहिबारदेखि सुरु गरेको हो ।
सदरमुकाम कुश्माबाट सुरु भएको अवलोकन भ्रमण तनहुँ, गोरखा, धादिङ, काठमाडौ, काभ्रेसम्म हुने सिंचाई विकास सव डिभिजन पर्वतका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । एक सातासम्म सञ्चालन हुने भ्रमणमा कुश्मा, फलेबास, जलजलाक्षेत्रका कृषकहरु र कर्मचारी गरी ३३ जना सहभागी छन् । जिल्लामा सम्पन्न भएका ठुला सिंचाई आयोजनाका उपभोक्ता बढी सहभागी भएको श्रेष्ठले बताए ।
उपभोक्ताले भ्रमणका क्रममा सिंचाई आयोजनाको संरक्षण, जलस्रोतको ब्यवस्थापनको अवलोकन गर्नेछन् । ‘भ्रमणले सिंचाई आयोजनाका उपभोक्ता तथा कृषकलाई जलस्रोतको ब्यवस्थापन भ्रमण भएका जिल्लामा के कसरी भएका छन्, जलस्रोतको ब्यवस्थापन कसरी गर्न सकिन्छ भनेर ज्ञान र सीप प्रदान गर्नेछ’ श्रेष्ठले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000