पर्वतमा भु–संरक्षणले झण्डै लाख बिरुवा बितरण गर्दै

पर्वत ३१ जेठ ।  जिल्ला भुसंरक्षण कार्यालय पर्वतले विभिन्न प्रजातीका ९० हजार बिरुवा वितरण गर्ने भएको छ । फलफुल र डाँलेघासका गरि ९० हजार भन्दा बढि बिरुवा वितरण गर्न लागेको हो । ग्रामीण क्षेत्रमा पहिरो र भुक्षयको न्यूनिकरण सँगै स्थानियवासीहरुको आयआर्जनमा बृद्धि हुने प्रकृतिका बिरुवाहरु वितरण गर्न लागिएको जिल्ला भुसंरक्षण कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिए ।

वडहर, धुपी, राईखनियू, इपिलइपिल, बिरेन्द्र फुल, कल्की, बकाइनो, टाँकी र किम्बुका ५० हजार बिरुवा वितरण गरिने भएको हो । त्यसैगरी अम्रिसोका ८ हजार, बाँस ३ हजार पाँच सय, सुन्तला ३ हजार पाँच सय, कागती ४ हजार , आप ९ सय, लिचि ७ सय र अलैचीका २० हजार विरुवा वितरण गर्न लागिएको कार्यालयले जनाएको छ । कार्यालयले उक्त संख्यामा बिरुवा बाड्ने लक्ष्य रहेपनि अहिलेसम्म कुल बिरुवाको ३० प्रतिशत मात्रै माग आएको कार्कीले जानकारी दिएका छन् । प्रचारप्रसारको अभावले कृषकहरुले थाहा नपाएर होला माग निकैन्यून रहेको छ कार्कीले भने ।

जिल्लाको मोदी गाउँपालिका अन्तर्गत साविकको राम्जा, चित्रे, देउरालीमा अलैची र अमृसो बितरण गरिने भएको छ भने देउरालीको जयलेमा बाँस तथा पहिरो रोकथाम गर्ने अन्य बिरुवाहरुलाई केन्द्रित गरिने भएको छ । बाँकी बिरुवाहरु जिल्लाभरीकै कृषकहरुलाई मागका आधारमा वितरण गरिने समेत कार्यालयले जनाएको छ । भुकम्प पिडितलाई आयआर्जन कार्यक्रम अन्तर्गत उक्त विरुवाहरु वितरण गर्न लागिएको पनि कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000