चार हजार दुधालु गाई विमानमा कतार लगिँदै

काठमाडौं, जेठ ३१–छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरूलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रूप लिने सम्भावना बढेको छ। तर, यसले एक जना कतारी व्यवसायीलाई खाडीको मरभूमिमा चार हजार दुधालु गाई हवाई जहाजमार्फत ढुवानी गरेर सम्भावित दूध आपूर्ति रोक्न उत्साहित गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति रोकिएपछिको शून्यता हटाउने अवसरको रुपमा हेरिएको छ । यसलाई उड्डयन इतिहासकै सबैभन्दा ठूलो जनावर ढुवानी मानिएको छ ।

औसत पाँच सय ९० किलोग्रामका चार हजार गाई कतार पुर्‍याउन कतार एयरवेजका ६० भन्दा बढी उडान आवश्यक पर्ने अनुमान गरिएको छ। अस्ट्रेलिया र अमेरिकामा किनिएका ती गाई पावर इन्टरनेशनल होल्डिङका चेयरमेन मौताज अल खायातले कतार लैजान लागेको अन्तर्राष्टिय समाचार संस्थाहरुले बताएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000