चुनावअघि संविधान संशोधन सम्भव छैन : प्रधानमन्त्री देउवा


काठडमाडौं, जेठ २६– प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भावना नभएको बताएका छन् । शुक्रबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै देउवाले चुनाव सकिनासाथ संविधान संशोधन गर्ने प्रतिवद्वता समते व्यक्त गरे । उनले आन्दोलनरत मधेस केन्द्रित दललाई चुनावमा भाग लिन आग्रह गरे ।
संविधान संशोधन गरेर मधेसीको भावना समेट्न चाएपनि तत्काल त्यो सम्भव नभएको प्रधानमन्त्री देउवाको भनाइ छ । ‘चाहेर पनि संशोधन गर्न नसकिए पनि चुनावमा भाग लिन आग्रह गर्दछु’, उनले भने । देउवाले दोस्रो चरणको चुनावपछि संविधान संशोधन पास गराएरै छाड्ने विश्वास दिलाए । सम्पूर्ण नेपालीको राष्ट्रिय हितका लागि दलहरुबीच सहकार्य आवश्यक भएको उनको भनाइ छ ।
तराई मधेसमा स्थानीय तहको संख्या बढाउन आफूहरु तयार भएपनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अघि बढाउन नसकेको प्रधानमन्त्री देउवाले बताए । तीनै तहको चुनाव अहिलेको आवश्यकता र जरुरी भएको भन्दै सरकारको सम्पूर्ण ध्यान चुनावमा केन्द्रित भएको देउवाले बताए । चुनावपछि आर्थिक समृद्धि हासिल हुने प्रधानमन्त्ती देउवाको विश्वास छ ।
प्रधानमन्त्री देउवाले चुनावपछि जनताको इच्छा अनुसार काम हुने दाबी गरे । चुनावलाई महत्वपूर्ण पर्वकोरुपमा लिएर समयै तीन तहको चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री देउवाले अठोट लिएका थिए । समावेशी, समानुपातिक ढंगले देश अगाडि बढ्न आवश्यक भएको उनको भनाइ छ ।
प्रतिपक्ष भनेको राज्यको अंग हो, यो छाया सरकार पनि हो’,उनले भने । तीन तहको चुनावपछि लामो समयदेखिको सक्रमण अन्त्य हुने र लोकतन्त्र थप बलियो हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरे ।
व्यवस्थापिका संसदको अर्को बैठक जेठ २८ गते दिउँसो १ बजे बस्ने भएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000