वेपत्ता किशोरको खोजीमा कालीगण्डकीमा गोताखोर परिचालन

पर्वत, जेठ २५–बेपत्ताा किशोरको खोजीमा कालीगण्डकी नदिमा गोताखोर परिचालन गरिएको छ । प्रहरीबाट भाग्न खोज्दा कालीगण्डकी नदीमा आमफालेर बेपत्ता भएका काठेखोला–८ बागलुङका १७ वर्षिय युवा सुनिल पुनको खोजीमा गोताखोर परिचालन गरिएको हो । उनी  मंगलवार साँझदेखि बेपत्ता छन् ।

पर्वत र बागलुङको सिमानामा पर्ने मालढुंगावाट नदिमा डुवेका उनको नदिका दुवै किनारामा खोजी गर्दा पनि नभेटिएपछि बिहीवार शसस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल चण्डिका गण कुश्माका गणपती सुदर्शन सिलवालले जानकारी दिए ।  उनकाअनुसार १० जनाको विशेषज्ञ टोलीद्धारा अहिले खोजी भैरहेको छ । मंगलवार साँझदेखिनै खोजी कार्य जारी राखेको भएपनि कुनै पत्तो लाग्न सकेको छैन ।

मंगलवार साँझ बागलुङ नगरपालिका–१ मालढुंगा स्थित बागलुङ पर्वत सडकमा ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान प्रहरीले बरामद गरी उक्त ट्याक्सीमा सवार ३ जना मध्ये सोही ठाउँ बस्ने २८ वर्षीय दिपेन्द्रभरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ घर भई हाल सोही ठाउँ बस्ने २४ वर्षीय भिमसेन लामालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको थियो ।

ट्याक्सीमा रहेका काठेखोला गाँउपालिका–८ घर भई बागलुङ नगरपालिका–३ देउरालीचोक बस्ने पुन भागेर कालगण्डकी नदीमा हामफाली पौडी खेली पारी तर्ने क्रममा नदीकै बीचबाट बेपत्ता भएको प्रहरीले बताएको छ ।
उक्त घटनाका बिरोधमा पोखरा बागलुङ राजमार्ग समेत अवरुद्ध पारिएको छ । नदिमा डुवेका युवाको खोजी गरी पिडितलाई तत्काल न्याय दिलाउन माग गर्दै आफन्तहरुले सडक तथा बागलुङबजार बन्द गराएका हुन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000