देउवाको प्राथमिकताः तीन चुनाव र संविधान संशोधन

काठमाडौं, जेठ २३–नवनिर्वाचित  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ भित्र तीन वटै चुनाव गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले आफ्नो नेतृत्वमा बन्ने सरकारका पाँच प्राथमिकता पनि सुनाएका छन् । प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि संसदमा सम्बोधन गर्दै देउवाले दोस्रो चरणको स्थानीय चुनावसँगै प्रदेश र केन्द्रको चुनाव माघ ७ भित्र गर्ने प्रतिवद्धता जनाए । कांग्रेस सभापति समेत रहेका उनले भने, ‘तीन चुनाव हरहालतमा सम्पन्न गर्छु ।’

उनले तराई मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने बचन पनि दिएका छन् । विपक्षी दलका नेताले समेत आफ्नो पार्टी मधेसको पक्षमा रहेको भनेको भन्दै उनले संविधान संशोधनमा सहयोग गर्ने विश्वास व्यक्त गरे । देउवाले भूकम्प पीडितहरुको पुनस्र्थापना आफ्नो प्राथमिकतामा रहेको बताए । अब यसमा कसले के गर्‍यो कि गरेन भन्ने विवाद छाडेर सबै एक ठाउँमा आउनु पर्ने भन्दै उनले आफ्नो सरकार सल्लाह गरेर अघि बढ्ने बताए ।

देउवाले विजुली, सिचाईँ, ग्रामिण सडकसहितका क्षेत्रमा पूर्वाधार विकास आफ्नो अर्को प्राथमिकता भएको संसदमा सुनाए । द्रुत गतिमा आर्थिक विकास गर्नु पर्ने भन्दै उनले भने, ‘पूर्वाधार विकास मेरो प्राथमिकता हुन्छ ।’  उनले देशको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउने प्रतिवद्धता पनि जनाए । नेपालको भूमि भारत र चीनविरुद्ध प्रयोग हुन नदिने भन्दै उनले भने, दुबै देशलाई आश्वस्त पार्न सके सम्वन्ध राम्रो हुन्छ र अझ सहयोग हुन्छ ।’

राजनेताको गुण देखाएको भन्दै प्रचण्डको प्रशंसा

कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान प्रधानमन्त्री प्रचण्डको उच्च प्रशंसा गरे । विगतमा दलहरुबीच सत्ता हस्तान्तरणकै कारण अविश्वास हुने गरेको भएपनि प्रचण्डले बयान पुरा गरेको भन्दै उनले धन्यवाद दिए । कांग्रेस र माओवादीबीच भएको समझदारी अनुसार प्रचण्डले सत्ता हस्तान्तरण गरेको भन्दै उनले भने, ‘उहाँले राजनेतामा हुनुपर्ने गुण देखाउनु भएको छ ।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

सेतीवेणीका आठ घर डुबानमा, त्रासले रातभर जाग्राम

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000