जनप्रतिनिधिलाई आफूखुसी कार्यक्रम घोषणा नगर्न सरकारको निर्देशन

काठमाडौं, जेठ १९– सरकारले स्थानीय निकायका नवनिर्वाचित पदाधिकारीलाई आफूखुसी कार्यक्रम घोषणा नगर्न निर्देशन दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । मुख्यसचिव सोमलाल सुवेदीले बिहीवार अर्थ मन्त्रालय, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवलाई बोलाएर स्थानीय तहका प्रतिनिधिलाई कार्यक्रम घोषणा गर्न तत्काल रोक्ने गरी परिपत्र गर्न निर्देशन दिएका हुन् ।

स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचन सम्पन्न भएका स्थानीय तहमा आफूखुसी कार्यक्रम रोक्न निर्देशन दिने भएको छ । ‘स्थानीय तह स्थानीय सरकार भएकाले त्यसका प्रतिनिधिले आफूखुसी कार्यक्रम घोषणा गर्न मिल्दैन’, योजना आयोगका सचिव विष्णुप्रसाद लम्सालले अन्नपूर्णसँग भन्नुभयो, ‘त्यसले विकृति ल्याउने र आर्थिक अपारदर्शिता बढ्ने भएकाले बजेट र कार्यक्रम बनाएर परिषद्बाट अनुमोदन गरेर मात्रै नयाँ कार्यक्रम घोषणा गर्न स्थानीय विकास मन्त्रालयले परिपत्र जारी गर्ने निर्णय भएको छ ।’

बैठकले स्थानीय तहमा केन्द्रले दिने बजेट रातो किताबको भाग २ मा परेकाले सोहीअनुसार कार्यक्रम मात्रै लागू गर्न र नयाँ कार्यक्रम घोषणा गर्न नहुने निर्णय गरेको छ । मुख्यसचिव सुवेदीले अर्थ मन्त्रालय र स्थानीय विकास मन्त्रालयलाई विनियोजन विधेयकबमोजिम कार्यविधि र मापदण्ड बनाउन निर्देशन दिएका छन् ।उक्त विधेयकबमोजिम कार्यविधि र मापदण्ड नबनाउँदासम्म र स्थानीय तहको परिषदअघि कुनै पनि तदर्थ निर्णय नलिन निर्देशन दिएको हो । बैठकले स्थानीय तहको सम्भावित वित्तीय जोखिम न्यूनीकरण एवं मूल्यांकनका लागि आवश्यक मापदण्ड बनाउन निर्देशन दिएका छन् ।

सबै आर्थिक अधिकार स्थानीय तहमा गएकाले त्यसको दुरुपयोग हुन्छ कि भन्ने विषयमा सरकारले चिन्ता जनाएको हो । बैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा हुनसक्ने सम्भावित वित्तीय जोखिम न्यूनीकरण एवं मूल्यांकनका लागि आवश्यक मापदण्ड बनाएर जारी गर्ने पनि निर्णय गरेको छ ।

यस्तै मुख्यसचिव सुवेदीले नेपालको संविधान र प्रस्तावित अन्य ऐन-कानुन अनुकूल हुनेगरी अर्थ मन्त्रालयलाई वैदेशिक सहायता नीति परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नयाँ संविधान र ऐन बनेपछि पुरानो वैदेशिक सहायता नीति पनि परिवर्तन गर्नुपर्ने भन्दै सुवेदीले त्यस्तो निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अन्तराष्ट्रिय पर्बत समाजले पठायो उपकरणसहित स्वास्थ्य सामग्री

काँग्रेस युवा नेता मल्लले ६१ वटै वडामा मास्कसहितका सामाग्री धमाधम बितरण गर्दै

काँग्रेसका दलित नेता शशिधरको निधन, पुनले ओढाए पार्टीको झण्डा

मन्त्रिपरिषद पुनर्गठन, यस्तो छ जिम्मेवारी

अन्तराष्ट्रिय पर्वत समाजद्धारा पर्वतका सात वटा स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000