खडेरीले कालीकोटका छ गाविस भोकमरीको चपेटामा

कालीकोट, भदौ३१  । जिल्लाको पूर्वी क्षेत्रका अतिसुख्खा क्षेत्रका रुपमा रहेका छ वटा गाविसमा खडेरीका कारण लगाएको वर्षे बाली नष्ट भए पछि स्थानीयलाई भोकमरी हुने चिन्ता लागेको छ ।

जिल्लाका धौलागोह, खिन, नानिकोट, थिर्पू, राम्नाकोट र बदालकोटका स्थानीयले लगाएको मकै, धान र कोदोलगायतको बाली सुकेर नष्ट भएपछि स्थानीयलाई भोकमरी हुने चिन्ता पसेको छ । खडेरीले धान सुकेर नष्ट भएपछि नानिकोटका स्थानीयले सुकेको धान बोकेर जिल्ला सदरमुकाममा पु-याएर खाद्यान्न आपूर्तिका लागि तत्कालीन र दीर्घकालीन पहल गर्न अनुरोध गरेका छन् ।
उनीहरुले गाविसमा रहेका एक हजार ६०२ घरधुरीलाई खाद्यान्न आपूर्ति गर्न जिल्लाका सरोकारवालासँग आग्रह गरेका छन् । स्थानीय टेकबहादुर बोगटीले आफूहरु घरपरिवार ल्याएर सदरमुकाम आउनुको विकल्प नभएकाले तत्काल सरकारले पहल गर्न अनुरोध गर्दै २०६६ सालमा खडेरीका कारण भोकमरी पर्दा समस्या आएको स्मरण गर्दै तत्कालका लागि विश्वखाद्य तथा आरसिआइडब्लु लगायतका निकायसँग पहल गर्न अनुरोध गरेका छन् भने दीर्घकालीनरुपमा सिँचाइका लागिसमेत व्यवस्था गर्न स्थानीयले अनुरोध गरेका छन् ।
जिल्लाका सरोकारवालाले जिल्लाका पाँच गाविसमा मात्र नभई अन्य ठाउँमा समेत खडेरीले बाली नाली नष्ट भएकाले स्थलगत रुपमा गएर अध्ययन गरी राहतका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्ने बताएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले स्थलगत अध्ययनका लागि टोली पठाउने भएको छ । जिल्लाका रास्कोट क्षेत्रका मेहलमुडी, सिपखाना, फुकोट, स्युना र रकुलगायतका गाविसमा समेत बालीनाली नष्ट भए पछि भोकमरीले सताउने स्थानीयमा चिन्ता पसेको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत स्थानीयले खाद्यान्नका लागि माग गर्न सम्बन्धित निकायमा पहल गर्न अनुरोधसमेत गरेका छन् भने स्थलगतरुपमा बुझ्न र खाद्यान्नका लागि पहल गर्न विभिन्न निकायमा अनुरोध गर्ने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले खाद्यान्नका लागि तत्काल व्यवस्था हुन सक्ने क्षेत्रमा पहल गरिने तर कुन गाविसमा कति क्षति भएको छ भन्ने विवरण आएपछि केन्द्रमा पहल गर्ने बताउनुभएको छ ।
खडेरी परेका नानिकोट गाविसका स्थानीय जयकृष्ण सन्ज्यालका अनुसार पाँच दशकअघि काम सुरु भएको कालापानी सिँचाइ कुलोको काममा लापर्बाही भएकाले सरकारले सोको पहल गर्नका लागि वास्तविक स्थलगत रुपमा गई अनुगमन गर्नुपर्ने बताउनुभयो । कामको जिम्मा लिएका ठेकेदार कालीबहादुर शाहीले असारसम्म कामको जिम्मा लिएको र त्यसपछि आफूले समुदायलाई सिँचाइ कुलोको जिम्मा लगाएकोबाहेक अरु केही थाहा नभएको बताउनुभयो ।
नानिकोटमा जिल्लाबाट निरन्तररुपमा रकम आउने भएपनि काममा लापर्बाही भएकाले ५० वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसक्नु अनौठो भएको जिल्लावासीले बताएका छन् । यसअघि जिल्ला परिषद्ले जिल्लाका छ वटा गाविसलाई सुक्खाग्रस्त क्षेत्रका रुपमा घोषित गरेको तर कार्यान्वयन भने नभएको स्थानीयले बताउँदै आएका छन् । रासस

सम्बन्धित समाचार

संविधान दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख नै अनुपस्थित हुने !

canvas-wall-art-quotes-Heart-And-House-Silhoutte-Surrounding-Wise-Words-One-Interesting-Flower

काठमाडौं २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा…

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ शाक्य

gold

गरकोट, २ असोज । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताए ।…

‘गाउँपालिकाको सभापति बलियो भए मुलुक बलियो हुन्छ’

Minister for Peace and Reconstruction Sita Devi Yadav

काठमाडौँ, २ असोज । शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवले १७ महिनाभित्र तीन तहको निर्वाचन गराउनुपर्ने भएकाले राजनीतिक दल मिल्नुको बिकल्प…

के कुरा भएको थियो प्रचण्ड–मोदी गोप्य वार्तामा ?

Pm-delhi

नयाँ दिल्ली, २ असोज । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000