चीनले मनायो विश्वयुद्धको विजय दिवस

बेइजिङ, भदौ १७ । चीनले बिहीबार विजय दिवस मनाएको छ । दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको अवसरमा हरेक वर्ष चीनले सेप्टेम्बर ३ मा यो दिवस मनाउने गर्छ ।

बिहीबार बिहानबाट चीनका हजारौँ सैनिकले सो विजय दिवसको अवसरमा विशेष परेड प्रदर्शन गरेका छन् । त्यस्तै चिनियाँ जनमुक्ति सेनाले यस अवसरमा विभिन्न कला कौशलहरू प्रदर्शन पनि गरिरहेका प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी चिनियाँ राजधानी सहरबाट प्राप्त पछिल्लो समाचारमा बिहीबार चिनियाँ राष्ट्रपति सि जिनपिङले बिहीबार बिहान उक्त कार्यक्रमको उद्घाटन गरेपछि उक्त कार्यक्रमको सुरुवात गरिएको थियो ।

त्यसपछि सुरु भएको सैनिक परेड बिहीबार दिनभरि जारी रहेको छ । उक्त प्रदर्शनीको नजर गर्न विश्वका कयौँ देशका सरकार तथा राष्ट्रप्रमुखहरू पनि पुगेका छन् ।

चीनमा बिहीबार सुरु भएको सो विशेष परेड हेर्न विश्वका ३० देशका नेताको सहभागिता रहेको जानकारी चीनले दिएको छ । त्यसमध्ये इजिप्टका राष्ट्रपति अब्देल फताह शिशी पनि एक हुनुहुन्छ ।

चीनले जापानमाथि विजय हासिल गरेको यो ७० औँ वर्ष हो । त्यसैले चीनले यस वर्ष ७० औँ विजय दिवसका रूपमा मनाएको हो ।

सैनिक परेडको सुरुमा दोस्रो विश्वयुद्धमा लडेका करिब ९० वर्षको हाराहारीका केही चिनियाँ सैनिकले सो चीनको झण्डा समातेर घोडचढीमा प्रदर्शन गरेका थिए ।

दोस्रो विश्वयुद्ध झल्किने किसिमले प्रदर्शन गरिएको दृश्यले सबैको ध्यान तानेको प्राप्त समाचारमा जनाइएको छ ।

तियानमेन स्क्वायरमा दोस्रो विश्वयुद्ध लडेका करिब एक सय जना सैनिकलाई अघि लगाएर विभिन्न आभूषणका साथ प्रदर्शन गरेका थिए ।

यस कार्यक्रममा निकै जोडका साथ ताली बजेको थियो । उक्त प्रदर्शनीमा उपस्थित हजारौँ व्यक्तिले उक्त दृश्यको स्वागत गरेका थिए । रासस-सिन्ह्वा

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000