असन्तुष्ट दललाई सहमतिमा ल्याउन एमाओवादीको जोड

काठमाडौँ, भदौ १७ । एकीकृत नेकपा माओवादीले आन्दोलनरत असन्तुष्ट मधेस केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईले विहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा यसअघि सहमति गरेका चारै पक्ष मिलेर सहमतिका आधारमा अहिलेकै प्रक्रियाभित्रबाट संविधान निर्माण गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको नेता भट्टराईले जानकारी दिए ।

उनले सहमतिका लागि आफूहरुले पनि विभिन्न पक्षसँग सहजकर्ताको भूमिका खेलिरहेको बताए ।

संविधान निर्माण प्रक्रियामा यही भदौ १९ गतेसम्म संशोधन प्रस्ताव दर्ताको अन्तिम समय रहेको र असन्तुष्ट मधेस केन्द्रित दलका प्रमुख नेताहरु राजधानीमा रहेकै बेला भएको सो भेटलाई महत्वका साथ हेरिएको छ । रासस

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000