पहिरोले दैलेख–मुसारीका ३७ परिवार विस्थापित

दैलेख, भदौ १६ । अविरल वर्षाका कारण पहिरो जान थालेपछि दैलेख जिल्लाको जगनाथ–२ मुसारीका ३७ परिवार विस्थापित भएका छन् ।

लगातार वर्षाले किसानको घरबारीमा क्षति हुन थालेपछि स्थानीय घरबार छोडेर आफन्तको शरणमा पुगेका छन् । तुर्सुमाका ११, रुमका १३ वटा र वडा नम्बर–५, बुचिका ११ र वडा नम्बर–४ का दुई घर पहिरोको जोखिममा छन् ।

नमुनाबस्तीका विस्थापितले पाए पाल
पहिरोले नारायण नगरपालिका–६ नमुनाबस्तीका विस्थापित वादी परिवारले बस्नका लागि पाल पाएका छन् । जिल्ला दैवीप्रकोप तथा उद्धार समितिमार्फत उक्त पाल पाएका हुन् ।

जिल्लामा कार्यक्षेत्र बनाएका दुई गैरसरकारी संस्थाले उक्त पाल समितिमार्फत वादी परिवारलाई दिएको हो । सेभ द चिल्ड्रेनको सहयोगमा सोसेक र साहस नेपाल संस्थाले ४२ वटा पाल वितरण गरेका हुन् ।

दुवै संस्थाले २१ वटाका दरले ४२ वटा पाल उपलब्ध गराएका हुन् । पाल नहुँदा हप्ता दिनसम्म नयाँ निर्माण भइरहेका सरकारी भवनमा वादी परिवार आश्रय लिएर बसेका थिए ।

नेपाल रेडक्रस सोसाइटी, नगरपालिका, नेपाल प्रहरी र सेनाको सहयोगमा ४० घरपरिवारका लागि टहरा बनाइने निर्णय भएको जिल्ला दैवीप्रकोप तथा उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए ।

सरकारी भवनमा बसिरहेका विस्थापित ४० वादी परिवारलाई नयाँ बसपार्क र पुरानो बसपार्कमा राखिने तयारी भइरहेको छ । उनीहरुलाई टहरा बनाएर सरकारी भवनबाट सारिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

नमूना बस्तीमा ६५ घर रहेका छन् । तीमध्ये अति जोखिम भएका ४० घर विस्थापित भएका हुन् । बस्तीमा बाँकी २५ घर पानी परेका बेला जाग्राम भएर बस्ने गरेको वादी युवा पदम बताउँछन् । रासस

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000