सहकारी पहिचानका अभिव्यक्ति – लेखनाथ ढकाल

सहकारीहरू नागरिक आफैले आफ्नो, परिवार र समुदायको लागि काम गर्ने व्यवसायी संगठन हुन । जनसमूहको पहलमा हुने उद्यमशीलता सहकारी र यसमा नागरिकको स्वस्पूmर्त पहल खुल्दछ, मानिसले स्वतन्त्र र स्वविवेकले काम गर्न पाउँदा नयाँ सिर्जनाको ढोका खुल्दछ, समस्या समाधानका कयौं उपाय पत्ता लाग्छन् । स्वाभिमान र आत्मसम्मान मानिसले आप्mनो स्वविवेकमा प्राप्त गर्ने कुरा हो, सहकारीको अदृश्य र दुरगामी महिमा यही तथ्यमा आधारित छ । यसको बोध गर्न सभ्य तथा लोकतान्त्रिक चेतना आवश्यक योग्यता हो । यो सामाजिक शिक्षाको विषय हो, मानवीय संस्कृतिको विषय हो । उद्यमशीलता मानिसको विशेष योग्यता हो । उद्यमशील मानिसको सिर्जनशीलतालाई फक्रने वातावरण बनाउनु विकासको आधार हो । श्रम गर्ने मानिस र उस्को पविार स्वाभिमानी र सिर्जनशील हुन्छ, हरेक परिवार स्वाभिमानी, सिर्जनशील आत्मनिर्भर हुनु नै समृद्ध एवं स्वाभिमानी राष्ट्रको चरित्र हो । स्वाभिमानी, सिर्जनशील र स्वाबलम्बी मानिसले आप्mनो विवेकको प्रयोग गरेर उत्पादनमा लाग्ने वातावरण आर्थिक–सामाजिक विकासको आधार हो । निकम्मा, भ्रष्ट, स्वार्थी र हैकमवादी राज्यले नागरिकको हैसियत नै नदिएका श्रमिकहरुले निरास र पलायन नभई आप्mनो जीवनको उज्याले बाटो खोज्ने संघर्षको दौरानमा सहकारीको आविश्कार गरेका हुन । विकासक्रममा परिमार्जित हुदै आज विकासको सिद्धान्तकोरुपमा सहकारी आइपुगेको छ, कसैले समाज विकासको दर्शन भन्न थालेका छन् । ‘प्रजातन्त्र’लाई हामीले प्रजातन्त्रको छेकछन्दै नभएको प्रणालीका रुपमा दुरुपयोग ग¥यौ र आज नयाँ विकल्पको आवश्यकता परेको छ । सहकारीलाई पनि यसको आधारभूत चरित्रको बोध नै नगरी यसको मर्मलाई आत्मसात नै नगरी बिकृत सहकारीको अभ्यास गरियो । यसमा सबै नागरिक दोषी छैनन् – नीतिनिर्माता, राजनीतिक पार्टी र अगुवा नागरिकले यो जिम्मेवारी दिनु पर्नेछ । जे होस, नयाँ नेपालको साृंच र नयाँ परिस्थितिमा सहकारी क्षेत्रको परिमार्जन आवश्यकता छ । यद्यपि धेरै सकारात्मक आधारहरु सहकारी क्षेत्रले विकास गरेको छ, योगदानकर्ता र राम्रा कुराको कदर भने हुनुपर्छ । सैद्धान्तिक÷बैचारक र व्यवहारमा परिमार्जनको आवश्यकता छ । नयाँ नेपाल बनाउने अग्रगामी भन्ने शक्तिले पुरानो विकृत अभ्यासको सहकारीमा आफै कुनै नयाँ पहिचान बिना नै होमिनु गलत थियो, गलत भयो । वास्तविक सहकारी आन्दोलनको दिशाको पहिचान गरी तदनुरुपको सङ्लग्नता आवश्यक थियो तर त्यसो गर्ने प्रयत्न भएन । गन्तब्यहीन जस्तो रहेको सहकारी क्षेत्रलाई मार्गनिर्देशन गर्ने आँट र हैसियत बनाउनु राजनीतिक पार्टी र राज्यको आधारभूत काम रहेको थियो, पुरानै ढाँचा र ढर्रामा नयाँ भनिनेशरुले पनि भागशान्तिको खेल खेल्ने काम मात्र भयो । यसबाट विकृति झन मौलाउने वातावरण बन्यो । परिमार्जनको नाममा तल्लो स्तरकको मानसिकता बोकेर गलत निर्णय गर्ने कुराले नेपालको छबि अन्तराष्ट्रिय क्षेत्रमा पनि राम्रो बन्दैन । सहकारी विश्वब्यापी परिघटना हो तर हाम्रा नीति निर्माताहरुले दुनियालाई लाज हुने गरी सहकारी क्षेत्रका कुरा अगाडि ल्याउने काम हुने गरेका छन् ।

सहकारी क्षेत्र गैर–सरकारी र गैर–राजनीतिक क्षेत्र हो । राज्य र राजनीतिक क्षेत्र सहकारीका असल अभिभावक तथा संरक्षक हुन । असल अभिभावकले आप्mना बच्चाको होमवर्क आफैं गरिदिने त होइन नि, यदि त्यसो भयो भने त्यो बच्चा क्षमतावान र मेघावी हुन सक्दैन । हामीलाई क्षमतावा र मेघावी सहकारी क्षेत्र चाहिएको छ । त्यसैले उस्को समस्या उसैले सामथ्र्य जुटाएर हल गरोस, यो असल अभिभावको सोच हो । यो स्कुलिङलाई बोध गर्न नसक्ने हो भने राज्यको लागि पनि भरपर्दो सहयोगी हुने गरी सहकारी क्षेत्र विकास हुन सक्दैन । केवल राज्यसंग नै आस गरेर चल्ने सहकारीको विकास गरेर जानुपर्ने जो देखिएको अवस्था छ, यसमा परिमार्जन हुन आवश्यक छ । राज्यले धेरै संयन्त्र बनाएर मात्र सहकारीको विकास हुने कुरा होइन भन्ने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएको छ । सरकारको, व्यवस्थापिकाको र सरहकारी क्षेत्रको प्रतिनिधि रहेको एउटा मात्र उच्च तहको संरचना राख्ने अनि केन्द्र, राज्य र जिल्लामा राज्यको प्रशिक्षण तथा रजिष्ट्रारको संरचना राख्ने कुरा भए पुग्छ । बाँकी सबै बजेट सहकारीसंग मिलेर व्यवसायिक र उद्यमशीलता विकासमा खर्च गरे पुग्छ । एउटा अहम विषय के हो भने स्कुलतहदेखि उच्चतहसम्म शिक्षामा सहकारीलाई राख्नु राज्यको काम हो । पङ्तिकारको रायमा प्राज्ञिक क्षेत्रको पनि सहभागिता रहने को–अपरेटिभ काउन्सिल एउटा मात्र संरचना राख्ने र सम्बन्धीत सबै मन्त्रालय वा निकायमा सहकारी हेर्ने आवश्यक संरचना राख्ने प्रणली उपयुक्त हुनेछ । नागरिकमा सहकारीको असल सोचं र व्यवहारको विकास हुनु पर्ने जरुरीलाई भने शिक्षा, तालीम, सूचना र कानुनी प्रावधानले ब्यवस्थित हुन पर्दछ । सहकारीको पहिचान कानुनी श्रेस्ता, भाषण र साइनबोर्डमा होइन सोच, संस्कार, व्यवहार र परिणाममा खोजिनु आवश्यक छ । असल अभ्यासको सहकारीको विकासका लागि शिक्षामा सहकारीको पठनपाठन अपरिहार्य छ ।
“सहकारी संस्था संयुक्त स्वामित्व तथा लोकतान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकाङ्क्षाहरू परिपूर्ति गर्र्न स्वयम्सेवी रुपमा एकजुट हुने व्यक्तिहरूको स्वायत्त सङ्गठन हो ।” यो सहकारीको परिभाषा हो । यस परिभाषालाई अझ स्पष्ट पार्ने सहकारीका मुल्य ः– आत्मनिर्भरता, स्व–उत्तरदायित्व, लोकतान्त्रिक, समानता, सामाजिक न्याय र ऐक्यबद्धता सहकारीका आधारभूत मूल्य हुन् । साथै आफ्ना संस्थापक÷अग्रजहरूको परम्परामा सहकारी संस्थाका सदस्यहरूले इमान्दारिता, खुल्लापन, सामाजिक दायित्व, अरुको चासो राख्ने नैतिक मूल्यमा विश्वास र सोही अनुसारको आचारण । यी मुल्य अनुसारको व्यवहार गर्ने मार्गदर्शक सातवटा सिद्धान्तहरु यस प्रकार सुत्रबद्ध गरिएका छन ः पहिलो सिद्धान्त –स्वयंसेवी तथा खुला सदस्यता । दोश्रो सिद्धान्त–सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण्ँ । तेश्रो सिद्धान्त –सदस्यको आर्थिक । चौथो सिद्धान्त–स्वायत्तता र आत्मनिर्भरता । पाँचौ सिद्धान्त–शिक्षा, तालिम र सूचना । छैटांै सिद्धान्त–सहकारीहरू बीच सहकार्य । सातौं सिद्धान्त –समुदायप्रति चासो र वातावरणप्रतिको जिम्मेवारी । सन्र १९९५ मा सहकारीको परिभाषा, मूल्य र सिद्धान्तको समष्टीलाई सहकारी पहिचानका अभिव्यक्तिहरु भनेर घोषणा गरियो ।
सन् १९९० पछि लामो र बृहत अध्ययनपछि सहकारीका पहिचान गराउने यी सिद्धान्तहरु सुत्रबद्ध गर्ने काममा सङलग्न प्रोफेसर इआन म्याकफर्सनले भनेका छन् – “त्यहाँ यी सिद्धान्तको समूहलाई एकैसाथ लिएमा, यी सिद्धान्तहरू ‘टुक्राहरूको योगफलभन्दा बढी हुनेछन । त्यहाँ मर्मस्पर्शी सम्बन्ध छ, जब एउटालाई वेवास्ता गरिन्छ, सबै अपूर्ण हुन्छन् । सहकारीलाई कुनै एउटा मात्र सिद्धान्तको आधारमा स्पष्ट निक्र्यौल गर्न सकिंदैन । सहकारीहरूले उनीहरूको सिद्धान्तलाई कति राम्रोसँग अपनाएका छन् भन्ने कुराको सम्पूर्णतामा मात्र मूल्याङ्कन गर्न सकिन्छ । यी सिद्धान्त र निर्दिष्ट मूल्यहरूले एकै साथ दिएको अभिव्यक्तिले विश्वका विभिन्न क्षेत्रमा रहेका सहकारीहरूको मुल्याङ्कन गर्न समर्थ बनाउने छन् ।”
सहकारी पहिचानका यी अभिव्यक्तिको मर्म र भावनालाई आत्मसात गरेर हाम्रो आवश्यकता, राष्ट्रको सङकल्प र हाम्रो अवस्थाको आधारमा सिर्जनात्मक वैचारिक मार्गदर्शन÷नीति, विधि–प्रक्रिया र कार्यान्वयनको आवश्यकता हो । यो आज परिवर्तन चाहने सबैको चिन्तनको वियय पनि हो ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000